आज: | Thu, 13, May, 2021
FLASH NEWS

आजका पत्रपत्रिका ,लकडाउन के गर्न पाइन्छ, के गर्न पाइँदैन ?


नेपाल आवाज ११ चैत्र २०७६, मंगलवार ०८:२९ मा प्रकाशित २२३९ पाठक संख्या

, काठमाडौं ।

आज काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन सरकारले देशभर लकडाउन गरेको समाचार फ्रन्टपेजमा प्रथामिकताा साथ प्रकाशित गरेका छन् । नयाँ पत्रिका , कान्तिपुर , राजधानि , नागरिक लागाएतका पत्रिकाले कोभिड९१९ संक्रमणको जोखिमबाट जोगिन सरकारले देशैभर ‘लकडाउन’ गर्ने निर्णय गरेको समाचार प्रकाशित गरेका छन् । उपप्रधानमन्त्रीको नेतृत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयअनुसार मंगलबारदेखि एक साता १८ गतेसम्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर निस्किन पाइनेछैन ।औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाउँदैनन् ।अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लाग्नेछ।सुरक्षा निकायबाट प्रयोग हुने वायुयान तथा तोकिएका अन्य उडानबाहेक अन्य सबैै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछन्।स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवावाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने।औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रमा सञ्चालित उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने।व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी गर्ने, लुकाउनेलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गर्ने गरी रोगको रोकथाम र उपचारको काममा उपयोग गर्ने।संक्रामक रोगको ऐन २०२० को दफा २ को उपदफा २ मा जारी आदेशको कार्यान्वयन मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई स्थानीय ऐन २०२८ को पनि आवश्यकताका आधारमा प्रयोग गर्न पाउने।अपहेला गर्ने वा काममा बाधा पुर्याउनेलाई सोही ऐनबमोजिम सजाय गर्ने।