आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

लण्डनमा भुपु गोरखा सैनिक तथा समाजसेवि गुरुङ्गको निधन ।


नेपाल आवाज २७ चैत्र २०७६, बिहीबार ११:३३ मा प्रकाशित २७३७ पाठक संख्या

लण्डन चैत ७
बेलायतमा बस्दै आएका पर्वत स्थायि घर भएका ५९ बर्षिय चेतप्रसाद गुरुङको लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको छ । बेलायतको लण्डनमा बस्दै आएका भूपू गोरखा सैनिकको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको हो ।
तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङ समाजसेवीका रुपमा चिनिन्थे । करिब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखेर पछि वार्डमा सारिएको थियो । भर्ना गरेको दुई दिनपछिबाट उनको स्वास्थ निकै खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो ।लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवम उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बनिधत संस्थालाई निधनबारे जानकारी गराएका थिए ।

हालसम्म बेलायतमा कोरोनाले ३ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।कोरोना संक्रमणका कारण बेलायतमा यसअघि पूर्वगोर्खा सैनिक लीलाबहादुर राई र पेशाकर्मी प्रशान्त अर्यालको निधन भइसकेको छ।बेलायत यतिखेर कोरोनाको चपेटामा नराम्ररी फसेको छ। बेलायती प्रधानमन्त्री स्वयं अस्पताल भर्ना छन्।