आज: | Thu, 13, May, 2021
FLASH NEWS

अभिनेत्रि ऋचा शर्माले लेखिन प्रधानमन्त्रिलाई चिठ्ठि,‘मलाई डर लागेको छ ’


नेपाल आवाज २३ आश्विन २०७७, शुक्रबार १३:१५ मा प्रकाशित २०४१ पाठक संख्या

अभिनेत्री ऋचा शर्माले देशमा बलात्कारका घटना बढेका भन्दै आफ्नो फेसबुकमार्फत् प्रधानमन्त्रीलाई चिठी लेखेकी छन्।देशभर बलात्कारको घटना बढ्दै गएको छ । बालिकाहरु दैनिक बलात्कृत भएको घटना सार्वजनिक भैरहेका छन् । बालिका बलात्कृत हुने घटना बढेपछि नायिका ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै आफूलाई डर लाग्न थालेको बताएकी छिन् ।
एक हप्ता अघि गृहमन्त्री रामबहादुर थापाले बलात्कारका बारेमा दिएको अभिव्यक्ति विवादमा आएको थियो। धेरैले आपत्ति जनाएको उनको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै ऋचाले पनि सामाजिक सञ्जालमा थापा र अघिल्ला मन्त्री तथा राजनीतिज्ञका गैरजिम्मेवार अभिव्यक्तिको हिसाबकिताब जनताले राखिरहेको भन्दै टिप्पणी गरेकी थिइन्।
अभिनेत्री ऋचा शर्माले फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको चिठी यस्तो छः

आदरणीय प्रधानमन्त्री ज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ,। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स(साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ । जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ । यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी(नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन रु म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन। बाँकी तपाईहरु बुझ्झकी!
निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा

तस्विर ऋचा शर्मा फेसबुक पेज