आज: | Sun, 16, May, 2021
FLASH NEWS

हास्यकलाकार भारती र हर्षलाई जमानत


नेपाल आवाज ८ मंसिर २०७७, सोमबार १६:४५ मा प्रकाशित ११४१ पाठक संख्या

एजेन्सी, भारतीय हास्यकलाकार भारती सिंह र उनका पति हर्ष लाई आज सोमबार अदालतले जमानत दिएको छ । घर र कार्यलयमा छापा र्मादा गाँजा भेटिएपछि नार्कोटिक्स कन्ट्रोल ब्यूरोले गत शनिबार भारती र उनका पतिलाई पक्राउ गरेको थियो । छानविनको क्रममा भारती सिहं र उनका पति हर्षले लागुपदार्थ सेवन गरेको कुरा स्वीकारेका छन । एनसिवीले छापा मारने क्रममा भारतीको घरबाट ८५ दशमलव ५ ग्राम गाँजा बरामद गरेको थियो । १५ घण्टा लामो भारती संग सोधपुछ पछि उनका पति हर्षलाई पक्राउ गरेको थियो ।