आज: | Thu, 13, May, 2021
FLASH NEWS

मनोज गजुरेलसँग विवाह हुदै भन्ने हल्लामा आयो वर्षाको जबाफ


नेपाल आवाज २९ मंसिर २०७७, सोमबार १९:१४ मा प्रकाशित ११७१ पाठक संख्या

नायिका वर्षा सिवाकाटीको विवाह हुदै भन्ने हावादारी हल्ला चलेपछि आक्रोस पोखेकी छिन । वर्षा सिवाकोटीको हास्यकलाकार मनोज गजुरेलसँग नाम जोडाएर विवाह गदै भन्ने समाचारहरु सामाजिक सञ्जालमा आएपछि वर्षा सिवाकोटी ले सोमबार फेसबुक स्टयाटस लेख्दै आफनो आक्रोस पोखेकी हुन । मनोज गजुरेलसँग विवाहको हल्लामा कुनै सत्यता नभएको र हामी दुवैको बाटो नै अलग अलग छ, यस्तो गलत प्रचारले नेपालको पत्रकारीता क्षेत्र नै बदनाम बनाएको भन्दै वर्षा सिवाकोटी आक्रोसीत बनेकी छिन । पत्रकारले पैसा कमाउन जे पनि लेख्ने भन्दै प्रश्न उठाएकी छिन । कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने मानसिक विक्षिप्तता बेलैमा हटाएको राम्रो भन्दै सुझाव दिएकी छिन ।