आज: | Thu, 13, May, 2021
FLASH NEWS

कक्षा १२ को परिक्षा दिन छुटेका विद्यार्थीलाई नयाँ परिक्षा तालिका


नेपाल आवाज ११ पुष २०७७, शनिबार १२:३८ मा प्रकाशित ११५९ पाठक संख्या

कोरोनाना कोभिड–१९ का कारण कक्षा १२ को परीक्षा दिन छुटेका बिद्यार्थिले आँउदो १६ गते देखि परिक्षा दिन पाँउने भएका छन् । यस अघि परिक्षा दिनबाट बन्चित बनेका बिद्यार्थीको लागि पुनःपरिक्षा दिन पाँउने गरि राष्ट्रिय परिक्षा बोर्डले तालिका सार्वजनिक गरेको हो ।
यस अघि मंसिर ९ गते देखि १६ गते सम्म सञ्चालन भएको परिक्षामा कोरोनाका कारण केहि बिद्यार्थि परिक्षामा सामेल हुन पाएका थिएन् । पुस १६ गते देखि सञ्चालन हुने मौका परिक्षामा सम्बन्धित विद्यालयमा नै सञ्चालन हुने परिक्षा बोडले जनाएको छ ।
बोडले सबै वा केहि बिषयको परिक्षामा सहभागि हुन नसकेका विद्यार्थीलाई सबन्धित बिद्यालयमा सञ्चालन हुने परिक्षामा सहभागि हुन् आग्रह गरेको छ । यस्तै बोर्डले प्रदेश परीक्षा व्यवस्थापन कार्यलय एवं शाखा कार्यालयहरुले समेत आ–आफनो मातहतमा रहेका विद्यालयहरुमा जनाकारी गराउनु हुन् समेत अनुरोध गरेको छ ।

कक्षा १२ को परिक्षाको तालिका र सुचना हेर्न यहाँ क्लिक गर्नुहोला ।