आज: | Thu, 13, May, 2021
FLASH NEWS

अहिले बहस भनेको राजसंस्था फर्काउने हो


नेपाल आवाज २३ माघ २०७७, शुक्रबार ११:३९ मा प्रकाशित १०३३ पाठक संख्या

भारतको हिज्दु राष्ट्र बारे केपि ज्युलाई एक प्रकारको प्रेसर छ भन्न सकिएला तर के पश्चिमा र युरोपियन युनियनले अरौबौं खर्च गरेर धर्म निरिपेक्ष गरेर ल्याएको संबिधानमा केपिको जोडले मात्रै हिन्दु राष्ट्र घोषणा गर्न सक्लान् त प्रश्न यहाँ छ।

साेम विक्रम सिंह ।

ॐ गणेशमय: नम।
प्रधानमन्त्री केपि ज्युले बिगत केही समय देखि राम जन्म भुमि बारे बहस छेड्नु, संसद नै बिघटन गर्नु, भारतीय टिभीमा कौशिका ऋषि, गायत्री मन्त्र तथा कोशी नदि र पुर्वीय दर्शन बारे नसोचे अनुरूप बिचार व्यक्त गर्नु, पशुपति गई प्रार्थना गरी करोडौं रकम पशुपति बिकासमा निकासा गर्नुले धर्म निरीपेक्ष बिरूद्व अाफ्नो धारणा रहेको छ भन्न सकिएला। भारतको हिज्दु राष्ट्र बारे केपि ज्युलाई एक प्रकारको प्रेसर छ भन्न सकिएला तर के पश्चिमा र युरोपियन युनियनले अरौबौं खर्च गरेर धर्म निरिपेक्ष गरेर ल्याएको संबिधानमा केपिको जोडले मात्रै हिन्दु राष्ट्र घोषणा गर्न सक्लान् त प्रश्न यहाँ छ।
हो पशुपति गई पुजा गरेको फोटोले हिन्दु राष्ट्र प्रतिको चाहना छ र यो उनको संकेत हो भन्न सकिएला तर जनताको अान्दोलन र प्रेसर बिना केपि ज्युले हचुवाको भरमा हिन्दु राष्ट्र घोषणा गर्लान् भन्ने चाहिँ दिवा सपना हुनेछ। यदि गरि हाले भने यो उहाँको साहसिक कदम भई ईतिहासमा अङ्कित हुनेछ। अचम्मको कुरा त एकै ठाउँमा बसेका दुई कम्युनिस्ट पार्टी दुई फ्याक भई एक अापस बिरूद्व जाई लागेको अबस्थाले देश कुन दिशा तिर जान्छ निर्क्यौल गर्न सकिन्न। झन् हाम्रा प्रधानमन्त्री ज्यु देश र जनता पर्ति उत्तरदायित्व हुन छोडी अाफ्ना बिरोधी नेताहरूको क्यारिक्याचर गर्दै बस्नाले शासकीय स्वरूपको हदै सम्म बेईज्जत भईरहेको अाभास हुन्छ।
हुन त जनताले यस्तै शासकिय पद्वतियलाई साथ दिए पछिको नतिजा देश र जनताले नै भोग्न पर्ने हुन्छ। अरू भन्दा पनि कम्युनिस्टका बिरोधी कम्युनिस्ट नै छन्, एक अापस बिरूद्व भाषणबाजी, बन्द तथा हड्ताल र झडपले देश र जनता प्रति नै अनुत्तरदायी भएको देखिन्छ। बेला न कुबेला बजि नेला भने झैं यहि समय सेनाले अाफ्नो बख्तरबन्द गाडी सडकमा तालिम गर्ने निहुँले निकाल्नुले बिपक्षी कम्युनिस्टको सातो लिने काम मात्रै हो कि भन्ने टीका टिप्पणी गरिरहेका छन्।
हुन त केपि ज्यु यो स्ट्राटेजिक कदम पनि हुन सक्छ, हामी अन्तमा सेनाको पनि जिम्मा दिन सक्छौं होस् गर भनेर चेतावनी स्वरूपको सेनाको प्रदर्शन पनि हुन सक्छ भन्ने बिश्लेसकहरूको भनाइ पनि छ। झन् असंवैधानिक कदमको अर्को चरण पार राज्यका विभिन्न अङ्गमा संबैधानिक नियुक्ति दिएर एक कदम अगाडि बढेको पनि देखियो। यसमा प्रधान न्यायाधीश र देउवाको मान्छेको नियुक्ति भएको देख्दा केपि ज्युले सबै अङ्गमा राम्रै पकड जमाएको प्रत्याभूति हुन्छ।
यस्तो असंवैधानिक कदमको बिपक्षी पार्टीबाट चु सम्म बिरोध नअाउनु र एमसिसिको पक्षधर देउवाको काँग्रेस पार्टी र सरकार पक्षको हदै गठजोड भएको संकेतले केपि ज्युले पश्चिमा र अमेरिकालाई काउन्टर दिई हाल्लान् र भन्ने बिश्लेषण गर्न सकिन्छ। युवराज पारस सरकारको नाममा नामाकरण भएको पारस बस पार्कमा गई केपि ज्युले प्रचण्ड पुत्री कहाँ गई भनेर चितवन बासीलाई प्रश्न गरेका थिए।
यता अाज २३ गते नारायणी हिटी दरवार अगाडि नै प्रधानमन्त्री केपि ज्युले देशकै ठूलो अामसभा राख्नाले चाहिँ अब हिन्दु राष्ट्र पछि राजसंस्था प्रति नरम भएकै हुन् त भन्ने अाँकलन त गर्न सकिएला तर राजसंस्था समर्थकहरूले गरेका अाज नै केही घोषणा हुन्छ भन्नेमा चाहिँ राजनीतिक नबुझेका झुण्डहरूको जमात मात्रै रहेछन् भनणदा अत्युक्ति नहोला।
अहिले बहस भनेको राजसंस्था फर्काउने हो तर कहिले हिमानी सरकार र कहिले बेबी किङको पत्ता फालेर राजसंस्थालाई नै असहज हुने वातावरण बनाईरहेको अाभाष हुन्छ। नेपाल बन्द तथा अाम हड्तालको अाव्हान एउछा गुटले गरिरहँदा राजसंस्था समर्थक चाहिँ खुलेर केपि ज्युको समर्थक झैं देखिने गरि बन्दको बिरोध गरेर देखिनु र केपि ज्युले धर्म र राजसंस्था बारे बोल्छ भन्दै अाजको अामसभामा मान्छे बटुल्ने तिर लाग्नाले राजनीतिक चेतना नभएका झुण्डहरू राजसंस्थाले बोकेको अाभाष हुन्छ। बेतुकका राजनीतिक विश्लेषण गरेर हिंड्ने झुण्डले राजसंस्थालाई कदापि फाईदा हुँदैन भने त्यस्ता झुण्डले राजा फर्काउँलान् भनेर राजसंस्थाको सदस्यहरू ढुक्क होलान् त।
राजसंस्था कमजोर हुनको कारण नै के हो भने कुनै पनि ढङ्गका नेता त नेतृत्व लिन नसक्ने झुण्डमा नै रमाईरहने संस्कार छ कि भन्ने प्रश्न खडा हुन्छ। राजनीति बहस एकातिर भईरहँदा राजसंस्थाका पात्रहरू अर्को बहसमा अल्झिरहको देख्दा कसरी यसनले मुद्वा र नारा अगाडि बढाउलान र? काम कुरा एकातिर कुम्लो बोकि नारायणहिटी तिर। सबैलाई संगठित बनाउने र नेतृत्व अगाडि फाल्ने समयमा फेरि मोर्चाको नाम लिंदै विभिन्न संगठनको एउटा एउटा मान्छे बोलाएर नौटङ्कि गरेर बसेका छन्।
हुन त दरवारले पढाएर हुर्काएकै व्यक्तिहरू अाज राजसंस्था बिरोधी भएको देखियो। त्यस्तै राजा महेन्द्रले ल्याएको भुमि सुधारको चपेटामा परेका तथा भुमि गुमाएका र राज्य नै गुमाएकाहरू अाज राजसंस्था कै समर्थकमा देखिन्छन् भने भुमि खोसेर त्यहि भुमिमा ल्याएर फोकटमा भुमि पाई बसेका समाज नै राजसंस्थाको बिरोधी देखिन्छन्।
डा. बाबुराम, डा. सिके राउत, डा. डा. देवेन्द्रराज जस्ता दरवारबाट पढाउन पठाईका हुन् भने बिना मगरका पुर्खा जसलाई कञ्चनपुर पुनर्बासमा ल्याईर बस्ति बसाएका व्यक्तिहरू हुन् त्यस्तै बुङ्गलका र बझाङका रजवार र राजा मारेर नेपालमा गाभिएको अन्तिम भुभाग हो र उनिहरूको राज्य गाभिएको हो। राजसंस्थाले बुझ्ने र चाल्ने कदमले देश र जनतालाई कतिको असर पर्छ त्यो नियालेकै हुन्छ तर समय समयमा चुकेका पनि ईतिहसबाट ज्ञान पाईन्छ। राजसंस्थाका सदस्यहरूले अहिलेको राजनीतिलाई सूक्ष्म तरिकाले बुझेकै होलान्। केपिज्युले मात्रै पहल गरेर वा बिदेशीको अाडमा मात्रै धर्म र संस्था स्थापित हुँदैन भन्ने उहाँहरूमा हेक्का होला।
राजसंस्थाले यो कुरा मनन गरि ठोस कदम चाल्ने नै छन् भन्ने मनसाय जनताले राखेका छन्। भारतको एउटा बुझाई, अमेरिका र पश्चिमाको चेतावनी र चिनको पर्ख र हेरमा के सहजै केपि ज्युले राजसंस्था र धर्म स्थापित भएको घोषणा गर्न सक्लान् त प्रश्न गहिरो छ। तर उहाँको कदम अझै बाँकि नै छ, उनले देउवा र न्यायलयलाई अाफ्नो मुट्ठीमा कसि सकेको अाभाष हुन्छ तसर्थ उनको अाजै राजसंस्था र धर्म बारे केही घोषणा गर्न चाहिँ गर्दैनन् तर केही संकेत मात्रै अाउनेछ। किन कि राजसंस्था बारे कुन किङ भन्ने बहस जारी देखिन्छ।
अाज चाहिँ उनले प्रादेशिक संरचना बारे केही बोल्लान् कि किनभने प्रदेश बारे नेपालका जनता देखि नेता सम्म, बिश्लेसक देखि संविधान बिध सम्म सबैले खर्चिलो र असहज ढाँचा भनेर बोलिसकेका छन्। र अर्को महत्त्वपूर्ण कुरा उनले केहि ठुला माछालाई जेलको यात्रा गराउने सम्भावना बढेर गएको छ जसले एउटा राजनितीक कोर्स परिवर्तन हुने देखिन्छ। भोलि ठूलो द्वन्द बढ्ने र राष्ट्र रक्तपातमा पुगिन्छ कि भन्ने अाँकलन चाहिँ गर्न सकिन्छ सेनाको बख्तरबन्दको प्रदर्शन त्यहि रोक्नको लागि त होइन। धेरै संकेतहरूको घेराबन्दीमा र भुमरीमा नेपाल फसेको अाभाष हुन्छ।
केपि ज्यु अाजको राजनीतिक माहौलमा सबै भन्दा चतुर, अाँटिलो, ट्याकल गर्न सक्षम नेता मध्येमा चाहिँ देखियो। उनी बिरामी व्यक्ति हुन् भनेर संज्ञा दिईन्थ्यो तर उनि साह्रै चाम्रो र एनर्जेटिक तथा उर्जाशिल व्यकित चाहिँ रहेछन्। तर उनले देश र जनता भन्दा जेलिएको तार निकाल्ने प्रयासमा नै समय खेर फाले। अाज केपि ज्युले राजसंस्था र हिन्दु अधिराज्य स्थापना गरेन भनेर हिस्स बुढी खिस्स दाँत चाहिँ नहुनू यहि सुझावको साथ बिट मारें। जय देश जय जनता। जय राष्ट्र! जय कर्मनिष्ठ। ईति।
लेखक  सिंह  वरिष्ठ  कर्मनिष्ठ अभियन्ता  तथा  राष्ट्रिय  सराेकार  मन्चका  केन्द्रीय  अध्यक्ष हुनुहुन्छ।