आज: | Sat, 15, May, 2021
FLASH NEWS

ट्रान्समिटर निकालेर जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु


नेपाल आवाज १९ चैत्र २०७७, बिहीबार १९:३३ मा प्रकाशित २५९ पाठक संख्या

करेन्ट लागेर यहाँका एक युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो ।आज बिहान घर नजिकैको विद्युत्को पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुङ्गानालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएकामा दिउँसो चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।