आज: | Thu, 13, May, 2021
FLASH NEWS

मछेली नदीबाट अवैधरुपमा बालुवा उत्खनन् गर्ने नियन्त्रणमा


नेपाल आवाज २० चैत्र २०७७, शुक्रबार २१:५१ मा प्रकाशित ३०१ पाठक संख्या

कृष्णपुर नगरपालिका वडा नं २ र ५ भएर बग्ने मछेली नदीबाट अवैधरुपमा बालुवा उत्खनन् गर्ने वर्ष २६ का आकाश रानालाई ट्याक्टरसहित प्रहरीले आज नियन्त्रणमा लिएको छ । से १ त ८२५९ नम्बरको ट्याक्टरमा निषेधित क्षेत्रबाट बालुवा उत्खनन् गरिरहेको अवस्थामा रानालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नगरपालिका कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । यसअघिसमेत प्रहरीले दुई जनालाई अवैधरुपमा बालुवा उत्खनन् गरिरहेका बेला नियन्त्रणमा लिई नगरपालिका कार्यालयमा बुझाएको थियो ।