आज: | Thu, 13, May, 2021
FLASH NEWS

तोलामा रु ७०० घटयो, सुनको मुल्य


नेपाल आवाज १५ बैशाख २०७८, बुधबार ११:०८ मा प्रकाशित ३०७ पाठक संख्या

नेपाली बजारमा आज सुनको मुल्य तोलामा रु ७०० घटेको छ । मंगलबार तोलामा रु ९१ हजार २०० मा कारोवार भएको छापावाला सुन बुधबार रु ७०० घटेर तोलामा रु ९० हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै बुधबार तेजाबी सुन तोलामा रु ९० हजारमा कारोवार भएको छ । मंगलबार तेजाबी सुन तोलामा रु ९० हजार ७०० मा कारोवार भएको थियो । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार ३ सय ५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।