आज: | Thu, 13, May, 2021
FLASH NEWS

सुनको मुल्य बढयो, तोलामा कति?


नेपाल आवाज १६ बैशाख २०७८, बिहीबार ११:०४ मा प्रकाशित २११ पाठक संख्या

नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । बुधबार तोलामा रु ९० हजार ५०० मा कारोवार भएको छापावाला सुन बिहिबार रु ३०० ले बढेर तोलामा रु ९० हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै बिहिबार तेजाबी सुन तोलामा रु ९० हजार ३०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन तोलामा रु ९० हजारमा कारोवार भएको थियो । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार ३ सय १५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।