आज: | Thu, 13, May, 2021
FLASH NEWS

देशभर पछिल्लो २४ घण्टामा चार हजार ९२८ कोरोना सङ्क्रमण पुष्टि  


नेपाल आवाज १६ बैशाख २०७८, बिहीबार १९:२३ मा प्रकाशित १०३ पाठक संख्या

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९२८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ५६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा १२ हजार ५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः चार हजार ८३१ र ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८८८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार १६७ रहेको छ । निको हुने दर भने ८८ दशमलव दुई प्रतिशत रहेको छ ।

अहिले देशभर ३४ हजार ११७ सक्रिय सङ्क्रमित छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पीसीआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २४६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ५६१ सङ्क्रमति थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा एक हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ सङ्क्रमित थपिएका हुन् । उपत्यका बाहिर ५२८ र बाँकेमा ४८९ सङ्क्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ सङ्क्रमित थपिएका छन् ।