आज: | Thu, 13, May, 2021
FLASH NEWS

सुनको मुल्य रु ९०० घटयो


नेपाल आवाज १७ बैशाख २०७८, शुक्रबार ११:०९ मा प्रकाशित ३४९ पाठक संख्या

नेपाली बजारमा आज सुनको मुल्य तोलामा रु ९०० ले घटेको छ । बिहिबार तोलामा रु ९० हजार ८०० मा कारोवार भएको छापावाला सुन शुक्रबार रु ९०० ले घटेर तोलामा रु ८९ हजार ९०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै शुक्रबार तेजाबी सुन तोलामा रु ८९ हजार ४५० मा कारोवार भएको छ । बिहिबार तेजाबी सुन तोलामा रु ९० हजार ३०० मा कारोवार भएको थियो । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ९५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।