आज: | Thu, 13, May, 2021
FLASH NEWS

घाँस काटिरहेको समयमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु 


नेपाल आवाज १८ बैशाख २०७८, शनिबार ०९:४१ मा प्रकाशित १९३ पाठक संख्या

चितवन,  जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।