आज: | Thu, 13, May, 2021
FLASH NEWS

इनरुवामा एकै परिवारका दुईको मृत्यु र सात जना संक्रमित भएपछि महेन्द्रचोक क्षेत्र सिल


नेपाल आवाज १९ बैशाख २०७८, आईतवार ०९:०० मा प्रकाशित २०५ पाठक संख्या

सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ । तीन दिनको अवधिमा कोरोना सङ्क्रमणबाट एकै परिवारका दुईको मृत्यु र सात जना सङ्क्रमित भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिल गरिएको प्रजिअ ढकालले बताउनुभयो । चोक क्षेत्र सिल गराउन नगर प्रमुख राजन मेहता स्वयं सो स्थान पुग्नुभएको थियो । जोखिम बढेकाले सिल गर्ने निर्णयमा पुग्नुपरेको भन्दै विषम परिस्थितिमा घरमै बसी कोरोना नियन्त्रणमा सघाउ पुर्याउन नगरवासीलाई उहाँले आग्रह गर्नुभयो ।