आज: | Thu, 13, May, 2021
FLASH NEWS

सुनको मुल्य सामान्य बढयो


नेपाल आवाज १९ बैशाख २०७८, आईतवार १०:५२ मा प्रकाशित १६३ पाठक संख्या

नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ । शुक्रबार तोलामा रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन साताको पहिलो दिन आइतबार रु १०० बढेर तोलामा रु ९० हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै तोलामा रु ८९ हजार ४५० मा कारोवार भएको तेजाबी सुन आइतबार तोलामा रु ८९ हजार ५०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ९५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।