आज: | Thu, 13, May, 2021
FLASH NEWS

धादिङमा बैशाख २१ देखि ३१ गतेसम्म निशेधाज्ञा


नेपाल आवाज १९ बैशाख २०७८, आईतवार २०:५९ मा प्रकाशित १२७ पाठक संख्या

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि धादिङमा निशेधाज्ञा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङमा आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी बैशाख २१ गतेदेखि ३१ गतेसम्म निशेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निशेधाज्ञाको समयमा विहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, फलफुल, तरकारी र दुग्धजन्य पदार्थ लगायत अत्यावश्यक सामाग्री विक्रि गर्ने पसल खोल्न पाइने, होटल तथा रेष्टुरेष्टहरुले सूचना टाँस गरेर टेक अबे सेवा संचालन गर्न पाइने बताइएको छ ।

बैक, वित्तिय संस्था, बीमा , धितोपत्र, सहकारी न्यूनतम कर्मचारीद्धारा सेवा सञ्चालन गर्न पाइने बैठकले निर्णय गरेको कोभिड १९ संकट व्यवस्थापन केन्दका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताए ।

क्याम्पस, विद्यालयहरु भौतिक उपस्थितिद्धारा संचालन गर्न नपाइने, सभा, सम्मेलन, आमसभा, जुलुस, तालिम गोष्ठी गर्न नपाइने, सार्वजनिक जमघट, धार्मिक तथा सास्कृतिक कार्यक्रम गर्न नपाइने बताइएको छ ।