आज: | Thu, 13, May, 2021
FLASH NEWS

सुनको मुल्य बढयो, तोलामा कति ?


नेपाल आवाज २० बैशाख २०७८, सोमबार ११:१० मा प्रकाशित १२७ पाठक संख्या

नेपाली बजारमा आज सुनको मुल्य तोलामा रु ४०० वृद्धि भएको छ । आइतबार तोलामा रु ९० हजारमा कारोवार भएको छापावाला सुन सोमबार रु ४०० बढेर तोलामा रु ९० हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै आइतबार तोलामा रु ८९ हजार ५०० मा कारोवार भएको तेजाबी सुन सोमबार तोलामा रु ८९ हजार ९०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार ३ सय मा कारोवार भएको महासंघले जनाएको छ ।