आज: | Thu, 13, May, 2021
FLASH NEWS

सुनको मुल्य बढयो


नेपाल आवाज २१ बैशाख २०७८, मंगलवार ११:२० मा प्रकाशित ९१ पाठक संख्या

नेपाली बजारमा आज सुनको मुल्य सामान्य वृद्धि भएको छ । सोमबार तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छापावाला सुन मंगलबार रु २०० बढेर तोलामा रु ९० हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै सोमबार तोलामा रु ८९ हजार ९०० मा कारोवार भएको तेजाबी सुन मंगलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार ३ सय २५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।