आज: | Mon, 21, Jun, 2021
FLASH NEWS

नेपालमा आठ हजार सङ्क्रमित थपः निकोदर ७४ प्रतिशत  


नेपाल आवाज १ जेष्ठ २०७८, शनिबार १८:३० मा प्रकाशित ८२९ पाठक संख्या

नेपालमा थप आठ हजार १६७ जना को’रो’ना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९७१ जनाको पिसिआर तथा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ४६ र १२१ जनामा को’रो’ना सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना सङ्क्रमित चार लाख ७७ हजार चार पुगेका छन् । हालसम्म २७ लाख ५१ हजार ४८१ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ४५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म को’रो’ना जितेर घर फर्किनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ । को’रो’ना निको दर ७४ दशमलव ४ प्रतिशत छ । यस्तै गत २४ घण्टामा थप १८७ जनाको मृ’त्यु भएसँगै कुल मृ’त’कको संख्या चार हजार ८५६ पुगेको छ । आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको संख्या एक लाख नौ हजार ७४० छ ।