आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

बाँकेमा थप चार सङ्क्रमितको मृत्यु    


नेपाल आवाज ४ जेष्ठ २०७८, मंगलवार १४:१० मा प्रकाशित ७३९ पाठक संख्या

बाँकेका अस्पतालमा भर्ना भएका थप चार सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा तीन र शिक्षण अस्पताल कोहलपुरमा एक गरी चारजना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मृतकहरू बाँकेका दुईजना, बर्दिया र दाङका एक एकजना रहेको वलीले जानकारी दिनुभयो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दिया मधुवन नगरपालिका–७ निवासी ६५ वर्षीय पुरुषको ृत्यु भएको थियो । वैशाख ८ गते सङ्क्रमण पुष्टि भए पनि उहाँलाई जेठ २ गते मात्रै अस्पताल भर्ना गरिएको थियो । योसँगै बाँकेमा कोरोनाबाट २४२ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १९८ जनाको मृत्यु भएको स्रोतव्यक्ति वलीले बताउनुभयो ।