आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

भारतमा भेटिएको ‘डेल्टा’भेरिएन्ट अष्ट्रेलियामा पनि देखियो


एजेन्सी २१ जेष्ठ २०७८, शुक्रबार १७:३७ मा प्रकाशित ६४३ पाठक संख्या

अष्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नमा भारतमा पहिलोपटक देखिएको कोरोना भाइरस कोभिड–१९ को को डेल्टा भेरियन्टका संक्रमित फेला परेका छन् । भारतमा निकै चर्चित र बेलायतमा पनि पनि डेल्टा सक्रमण बढिरहेको छ ।
।जिनोमिक सिक्वेन्सिङ गरेर हेर्दा पहिलोपटक मेलबर्नमा डेल्टा भेरियन्ट फेला परेको हो ।
यो भेरियन्ट निकै चिन्ताको विषय हो’, भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सुटोनले बताए । अहिलेसम्म भिक्टोरियामा डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या २ पुगेको छ ।
गत मे २४ यता अष्ट्रेलियाको भिक्टोरियामा अहिलेसम्म कोरोनाका ६५ संक्रमित थपिइसकेका छन् । कोरोनाको संक्रमण फैलिएसँगै अहिले मेलबर्नमा लकडाउन लगाइएको छ । यो लकडाउन जुन १० सम्म कायम रहनेछ । त्यसअघि तीन महिनासम्म यो राज्यमा कोरोनाका कुनै संक्रमित फेला परेका थिएनन् ।