आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

नेपालमा ८८ प्रतिशत को’रो’ना स’ङ्क्रमणमुक्त   


नेपाल आवाज १ असार २०७८, मंगलवार १९:२९ मा प्रकाशित ५११ पाठक संख्या

काठमाडौँ ।  पछिल्ला केही सातायता नेपालमा को’रो’ना स’ङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा को’रो’ना स’ङ्क्रमित हुने र मृ’त्यु हुनेको संख्या लगातार घटिरहेको छ ।

पछिल्लो २४ घन्टामा १३ हजार २९० नमूना परीक्षण गर्दा दुई हजार ७४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४९ नमूनाको पिसिआर परीक्षण गर्दा एक हजार ६८१ र पाँच हजार ८४१ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ६४ जनामा स’ङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालका को’रो’ना स’ङ्क्रमण हुनेको संख्या छ लाख १२ हजार २०२ पुगेको छ । ती मध्ये पाँच लाख ४० हजार ४३९ जना स’ङ्क्रमणमुक्त भएको छन् । जुन कुल संक्रमितको ८८.३ प्रतिशत हो ।

आज चार हजार १८६ जना को’रो’ना स’ङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ४१ जनाको ज्या’न गएको छ । हालसम्म नेपालमा को’रो’ना स’ङ्क्रमणबाट आठ हजार ५०६ जनाले ज्या’न गुमाएका मन्त्रालयले जनाएको छ ।