आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

बुधबारबाट बन्द भयो टेलिसिरियल ‘जुठे’


नेपाल आवाज ३ असार २०७८, बिहीबार १३:५० मा प्रकाशित ९६१ पाठक संख्या

काठमाडौंँ । निषेधाज्ञामा चल्दै आएको चर्चित टेलिसिरियल ‘जुठे’ बन्द भएको छ । टेलिसिरियलमा उठाएको बिषयमा केही व्यक्तिको बिवाद र छायाँकन असम्भव भएको कारण ‘जुठे’ बुधबारबाट बन्द भएको हो ।

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिसिरियलमा राजु पौडेल ‘मास्टर’ र मरिच मान श्रेष्ठको संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिच मान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहदै आएको छ ।

योगेश काजीको संगीत रहेको श्रृखंला राहुल राई र घनश्याम पोखरेलले छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् ।