आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

सिन्धुपाल्चोकमा बाढीले बगाउँदा दुई चिनियाँ एक भारतीयको मृ’त्यु, १३ जना अझै बे’पत्ता


नेपाल आवाज ३ असार २०७८, बिहीबार २०:४६ मा प्रकाशित ६३१ पाठक संख्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृ’त्यु भएको छ ।

हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृ’त्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बे’पत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार मृ’त्यु हुनेमा भारतीय नागरिक कमल लोचन महत्तो, चिनियाँ नागरिक यु चि झु र गोड टियान छियो छन् ।
मेलम्ची खोलामा आएको बाढीमा परेर २० जना बेपत्ता भएको प्रारम्भिक तथ्याङ्क थियो । पछि चार जना सम्पर्कमा आएका थिए । हाल १३ जना बेपत्ता भएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ ।