आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

राहत लिएर सिन्धुपाल्चोक पुगिन श्वेता


नेपाल आवाज ४ असार २०७८, शुक्रबार १६:२६ मा प्रकाशित ७०३ पाठक संख्या

काठमाडौं ।अभिनेत्री श्वेता खड्का राहत वितरण गर्न हेलम्बु, सिन्धुपाल्चोकका बाढीग्रस्त ठाउँ पुगेकी छिन् । शुक्रबार हेलिकोप्टरबाट श्वेता खाद्यन्न र लुगाफाटोसहितका राहत लिएर हेलम्बु, तिम्बु, चनौटे र तारामराङ पुगेकी हुन ।

मेलम्चीसहित हेलम्बु लगायतका ठाउँमा बाढीपहिरोले पुर्‍याएको क्षतिको समेत श्वेताले हेलिकप्टरबाट अवलोकन गरिन् । खाद्यन्न बाढीपिडित प्रभावित बासिन्दालाई बाँडिएको श्वेताले जनाएकी छिन्

बाढीपहिरो गएपछि अहिले सामाजिक संजालमा श्वेताले राहत संकलन अभियान चलाएकी छिन् ।

यसअघि उनले सिन्धुपाल्चोकमै भूकम्प पीडितका लागि घरहरु पनि निर्माण गरेकी थिइन् ।