आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

सोमबार देशको पूर्वी भागको केही स्थानमा वर्षाको सम्भावना


नेपाल आवाज ७ असार २०७८, सोमबार ०८:२८ मा प्रकाशित ३८५ पाठक संख्या

काठमाडौं । सोमबार देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । देशको पूर्वी भाग तथा लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हुदाँ सचेत रहन आग्रह गरेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २ तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

प्रदेश १ का केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको तथा पहाडी भू भागमा पहिरो तथा गेग्रान बहावको जोखिम तथा नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने जनाएको छ ।

महाशाखाले यातायात क्षेत्र प्रभावित हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको देशको दक्षिणी भू भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाले जनाएको छ ।