आज: | Thu, 21, Oct, 2021
FLASH NEWS

फेरि टेलिसिरियल ‘जुठे’ सुरु हुँदै


नेपाल आवाज १० असार २०७८, बिहीबार १५:०५ मा प्रकाशित ११८९ पाठक संख्या

काठमाडौँ । निषेधाज्ञा र दलित समुदायको विरोधका कारण केही सातादेखि बन्द टेलिसिरियल ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियलले १६ असारबाट फेरि सुरु हुन लागेको निर्देशक कलाकार राजु पौडेलले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

उनले लेखेका छन, ‘हाम्रो कार्यक्रम जुठे माथि दलित दलित समुदायबाट विभिन्न टिका टिप्पणी तथा गुनासोहरू उठेपछि उक्त कुरालाई मध्यनजर राष्ट्रिय दलित आयोगमा आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्मासँगै अन्य माननीय र सचिव ज्युहरुसँग जुठेको विषयमा छलफल गरियो’ । छलफल निकै सकारात्मक रह्यो अब आउँदा दिनहरुमा समाजमा रहेको छुवाछूत अनि मान्छे–मान्छे बीचको विभेदलाई हटाउन जुठे कार्यक्रम एउटा राम्रो माध्यम बनोस् भन्ने उहाँहरुको चाहना र उक्त चाहान पुरा गर्ने हाम्रो प्रतिबद्धता रहेको छ’ पौडेलले फेसबुकमा लेखेका छन् । छलफमा अध्यक्षज्युले भन्नु भो हजुरहरुले ६५ लाख दलितहरुको आवाज बोकेर हिन्नुभएको छ । यसलाई हामी सम्मान गर्नेछौं र आउँदो दिनहरुमा अहिले भएका कमी कमजोरीलाई सुधार्दै समाज रुपान्तरणमा दलित समुदायले खेलेको भूमिकालाई सकारात्मक ढंगले प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो । सल्लाह, सुझावको लागि राष्ट्रिय दलित आयोगप्रति हामी निकै आभारी छौँ ।’
‘आजसम्मका भागहरुमा प्रस्तुत गरिएको केहि दृश्यहरुले दलित समुदायमा पर्न गएको असरप्रति हामी क्षमाप्राथी छौँ ।’त्यस्तै उनले ‘आजसम्मका भागहरुमा प्रस्तुत गरिएको केहि दृश्यहरुले दलित समुदायमा पर्न गएको असरप्रति क्षमा चाहेको बताएका छन् ।

राजु पौडेल ‘मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धु्रर्बे’ को संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहँदै आएको छ । टेलिसिरियलमा धेरै पहिलेको सामाजिक घटना कथाको रुपमा प्रस्तुत गर्दै आएको छ ।