आज: | Thu, 29, Jul, 2021
FLASH NEWS

अर्जेन्टिनाले जित्यो २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि


नेपाल आवाज २७ असार २०७८, आईतवार ०९:२९ मा प्रकाशित १८१ पाठक संख्या

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको छ।बिस्वभर रहेका ब्राजिलियन समर्थकहरुलाई स्तब्ध बनाउदै अर्जेन्टिनाले कोपा अमेरीका २०२१ को उपाधी उचालेको छ ।
रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आज सम्पन्न फाईनलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधी हात जितेको हो । अजेन्टिनाका लागि खेलको २२ औ मिनेटमा एन्जल डि मारियाले गोल गरेका थिए ।हारपछि ब्राजिलका खेलाडीहरु भावुक हुदै मैदानबाट बाहिरिएका छन् । सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।
मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो।