आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

भारतमा ११८ दिनपछिकै सवैभन्दा थोरै स’ङ्क्रमित


नेपाल आवाज २९ असार २०७८, मंगलवार २१:१५ मा प्रकाशित १५७ पाठक संख्या

रासस÷एएनआई) ः भा’रतमा को,रोनाभाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सवैभन्दा थोरै स’ङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना को.रोनाभा-इरसबाट स’ङ्क्रमित भएका छन् ।

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले स.ङ्क्रमित अवस्थामै रहेका स-ङ्क्रमितहरुको सङ्ख्या चार लाख ३१ हजार ३१५ रहेको छ । यो सङ्ख्या पनि १०९ दिनपछिकै सवैभन्दा कम भएको बताइएको छ ।अहिले स.ङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४० प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

को-रोनाभाइरसबाट स’ङ्क्रमित भएर पनि अहिले स;ङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा तीन करोड ६३ हजार ७२० पुगेको छ । ती मध्ये पछिल्लो एक दिनमा ४९ हजार सात जना स-ङ्क्रमणमुक्त भएका छन् ।भारतमा कोरोनाभाइरसबाट कुल स*ङ्क्रमित मध्ये अहिलेसम्म ९७.२८ प्रतिशत स-ङ्क्रमण मुक्त भएको पाइएको छ ।महामारी नियन्त्रणका लागि भारतमा गत जनवरी १६ देखि खोप अभियान संचालन भइरहेको छ । अभियान अन्तर्गत अहिलेसम्म ३८.१४ करोड मानिसलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।