आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

आज धेरै स्थानमा बर्षाको सम्भावना


नेपाल आवाज ३० असार २०७८, बुधबार १२:१७ मा प्रकाशित ७३ पाठक संख्या

आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालदेशभर मनसुनी वायुको प्रभाव रहेको छ भने जसका कारण वर्षा भइरहेको छ ।महाशाखाको नियमित बुलेटिनमा बुधवार बिहान देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।

यस्तै आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना पनि रहेको छ।बुधवार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।