आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

को’रोना सं,क्रमण फेरी बढयो ,दिनदिनै उकालो लाग्दै संख्या


नेपाल आवाज ३० असार २०७८, बुधबार २०:२० मा प्रकाशित ११५ पाठक संख्या

को’रोना स,ङ्क्रमणको दर फेरि बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प,छिल्लो २४ घण्टामा थप दुई हजार ९०५ जनामा को’रोना भाइरस स-ङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता प्रा डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । मङ्गलबार दुई हजार ३९८ जनामा को-रोना स-ङ्क्रमण पुष्टि थियो । यसैगरी सोमबार दुई हजार ३७० मा र आइतबार एक हजार ८३१ मा को*रोना स’ङ्क्रमण पुष्टि भएको थियो ।

आठ हजार १०८ जनाको पिसीआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जनामा स.ङ्क्रमण पुष्टि भएको हो । चार हजार ९१६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८९५ जनामा स.ङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । को.रोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट नि.धन हुनेको सङ्ख्या नौ हजार ४३० पुगेको छ । यस अवधिमा एक हजार ६०६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६४७ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र दुई हजार ५४८ जना संस्थागत आइसोलेसनमा रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२५ जना स’ङ्क्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना स-ङ्क्रमि,त भेटिएका हुन् । हालसम्म ३७ लाख ३० हजारले खोप लगाएका छन् । ११ लाखले दुवै चरणको खोप पूरा गरेको कार्यक्रममा जानकारी दिइएको छ ।

को.रोनाका कारण स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा ११३३ टोल फ्रि नं २४ सै घण्टा खुला रहने मन्त्रालय जनाएको छ । स्वास्थ्य सावधानी अपनाउँदै भौतिक दूरी कायम गर्न, सकेसम्म बाहिर ननिस्कन र निस्कनु परेमा अनिवार्यरुपमा मास्कसहित स्वास्थ्य सुरक्षाका विधि अपनाउन पनि मन्त्रालयले आह्वान गरेको छ ।