आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

गुडिरहेको बसमाथि ब’म ह’मला, नौको मृ,त्यु, ३९ गम्भीर घाइते


नेपाल आवाज ३० असार २०७८, बुधबार २१:०९ मा प्रकाशित १२१ पाठक संख्या

(रासस÷सिन्ह्वा) ः पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको ब’म वि,स्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्या-न गएको छ । सो आ,क्रमणमा परी अरु ३९ जना घा.इते भएका छन् ।पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा ह,मला गरेको थिए । बसमा ब,म हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्या-न लिएको बताइएको छ ।

सो बसमा रहेका अरु ३९ जना नराम्ररी घाइते भएका छन् । सो प्रान्तको दासु क्षेत्रमा कामदारहरु लिएर हिँडेको सो बसमा अज्ञात ब,न्दुकधारीहरुले ह,मला गरेका थिए ।बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले ब,म हानेका थिए । बसमा रहेका अरु घाइते यात्रुहरुमध्ये अधिकांश गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

यहाँका सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पतालसम्म पु¥याएको छन् । उनीहरु उद्धारको काममा खटिरहेका बताइएको छ ।यो ह’मला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन । यहाँका सुरक्षाकर्मीहरुले सो ब.म ह’मलाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । अहिलेसम्म सो हमलाको कुनै व्यक्ति या समूहले जिम्मेवारी लिएको छैन ।
–––