आज: | Wed, 28, Jul, 2021
FLASH NEWS

भारतमा अझै १०० देखि १२५ दिन को,रोना विरुद्ध ल’ड्न गाह्रो


नेपाल आवाज २ श्रावण २०७८, शनिबार ०८:४७ मा प्रकाशित १६३ पाठक संख्या

भारतमा को,रोनाभा’इरस वि,रुद्ध लड्न अझै १०० देखि १२५ दिन गाह्रो रहेको विश्लेषण गरिएको छ ।केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि ख,तरापूर्ण अवस्था रहेको जानकारी दिइएको हो । “स’ङ्क्रमितहरुको सङ्ख्या त दिनप्रति दिन घट्दै गइरहेको छ, तर पूर्ण रुपमा न्यूनीकरण भइसकेको अवस्था भने छैन, अझै पनि खतरापूर्ण अवस्था नै रहेको छ”, नीति आयोगका सदस्य डा. भि के पौलले भन्नुभयो । उहाँले खोपको प्रभावकारिता बढी रहेको भए पनि प्रहरीहरु उच्च जो-खिममा रहेको पनि पत्रकारलाई जानकारी दिनुभयो ।

म,हामारीको दोस्रो चरणको बेलामा दुवै खोप लगाएकाहरुको जीवन जोगाउन खोप ९५ प्रतिशत सफल भएको पाइएको छ । “एउटा मात्रै खोप लगाएकालाई भने ८२ प्रतिशतसम्म खोप उपलब्धीमूलक भएको पाइएको छ”, डा पौलले भन्नुभयो । जुलाई महिना भित्रमा ५० करोड खोप लगाइसक्ने योजना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । खोप लगाएकाहरुको सङ्ख्या बढ्दै गएकाले विस्तारै म-हामारी न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ ।

सरकारले को’भिसिल्ड र कोभ्याक्सीनको ६६ करोड मात्रा खोप मगाइसकिएको जनाएको छ । त्यसैगरी २२ करोड खोप नीजि क्षेत्रले उपलब्ध गराउने निर्णय पनि भएको छ ।