आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

ब्राजिलमा महामारी पुनः बढ्यो, २४ घन्टामा १ हजार ४५६ जनाको मृ’त्यु


नेपाल आवाज २ श्रावण २०७८, शनिबार १६:१४ मा प्रकाशित १५७ पाठक संख्या

(रासस÷सिन्ह्वा) ः को’भिड १९ बाट सबैभन्दा बढी प्रभावित भएका देशहरुमा रहेको ब्राजिलमा २४ घन्टामा को’भिड १९ बाट कम्तीमा पनि एक हजार ४५६ जनाको मृ,त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ब्राजिलमा शनिबार त्यसको २४ घन्टा अघिदेखि गरेर एक हजार ४५६ जनाको ज्या.न गएको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ यस सं,क्रमणबाट ज्या’न गुमाउने नागरिकको संख्या ५ लाख ४० हजार ५८८ जना पुगेको छ ।

यहाँका अधिकारीहरुले शनिबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको को’भिड सं,क्रमणबाट निधन भएको बताएका छन् । त्यसैगरी को’भिडबाट सं-क्रमित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब ४५ हजार जना रहेको छ । यो समेत गरी ब्राजिलमा को,भिडबाट सं’क्रमित हुने नागरिकको संख्या १ करोड ९३ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।ब्राजिलमा दुई महिना अघि को’भिडका सं,क्रमितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।सरकारले को’रोना भा’इरसका विरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ ।

ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी सं’क्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाखजना सं’क्रमितहरुमा २५७ जनाको नि,धन भएको तथ्यांकले देखएको बताइएको छ