आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

भ्रूणह’त्या आरोपमा २६ वर्षीया युवती प,क्राउ


नेपाल आवाज ३ श्रावण २०७८, आईतवार १०:५३ मा प्रकाशित १३३ पाठक संख्या

अवैध गर्भधारण गरेर भ्रूणह’त्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती प,क्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण ह’त्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रू’ण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । “शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रू’ण राखेर गाडेको अवस्थामा थियो”, हवारीले भन्नुभयो, “स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई प’क्राउ गरेका हौँ ।” ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् ।

केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । भ्रू’णहत्या गरेर घरमै बसेकी उनलाई प्र’हरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । आज बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताउनुभयो । उनले कसको ग’र्भपतन गराइन् भन्ने विषय खुलेको छैन ।रासस