आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

मलेसियामा दैनिक मृ’तकको सङ्ख्या फेरि उच्च


नेपाल आवाज ३ श्रावण २०७८, आईतवार ११:१४ मा प्रकाशित १५७ पाठक संख्या

मलेसियामा को’रोनाभा,इरसका कारण दैनिक मृ’त्यु भएकाहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको को’रोनाभा’इरसका कारण मृ,त्यु भएको छ । योसँगै मलेसियामा कोरोनाका कारण मृ’त्यु भएकाहरुको कूल सङ्ख्या छ हजार ८६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले एक दिनमा १२ हजार ५२८ नयाँ सङ्क्रमित थपिएको पनि जानकारी दिनुभयो । मलेसियामा अहिलेसम्म कूल स’ङ्क्रमितको सङ्ख्या भने नौ लाख पाँच हजार ८५१ पुगेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार मलेसियामा एक लाख १९ हजार ८१४ जना अहिले पनि स’ङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये केही ग’म्भीर अवस्थामा रहेका छन् ।