आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

घटयो सुनचाँदीको मुल्य


नेपाल आवाज ३ श्रावण २०७८, आईतवार १२:३६ मा प्रकाशित १२१ पाठक संख्या

साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ। आइतबार सुन तोलामा ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य समेत गत बिहीबारकै मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार हुने छ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।चाँदी आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।