आज: | Fri, 30, Jul, 2021
FLASH NEWS

आजको सुनचाँदीको मुल्य ??


नेपाल आवाज ४ श्रावण २०७८, सोमबार १६:४२ मा प्रकाशित १०९ पाठक संख्या

सोमबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।महिनाको पहिलो आइतबार बजारमा प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको हो । त्यस्तैआज तेजाबी सुनको मूल्य समेत गत आइतबारको तुलनामा २०० रुपैयाँले नै बढेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने  लगातार गिरावटसँगै थप सोमबार प्रतितोला ५ रुपैयाँले घटेर एक हजार २९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।