आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

को’भिड–१९ को स,ङ्क्रमण बढ्दो


रासस १० श्रावण २०७८, आईतवार १६:३० मा प्रकाशित ६०७ पाठक संख्या

कालीकोटमा पछिल्लो चरणमा को’भिड–१९ स,ङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै यहाँ को’भिड–१९ को स’ङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड–१९ को मापदण्ड पालना नगर्दा को’भिडको स,ङ्क्रमण दर बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।शनिबार २३ व्यक्तिको परीक्षण गर्दा १३ मा को;रोना स;ङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमिक्त व्यवस्थापक कटकबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, “केही समयअघि शून्यमा झरेको को;भिड–१९ को स;ङ्क्रमण दर पछिल्ला दिनमा बढ्दै गएको छ ।”

स;ङ्क्र;मण दर बढ्दै गएकाले जिल्ला ;को;भिड–१९ व्यवस्थापन समितिको बैठकले आजदेखि यही साउन २१ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । “शैक्षिक संस्था, सबै प्रकारका सभा, जुलुश, ¥याली, गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन, भेला, सम्मेलन र सबै प्रकारका खेल प्रस्तुतिमा रोक लगाइएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा को;भिड–१९ को म;हामारीको स;ङ्क्रमण दर बढ्दै गएका कारणले जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो ।”

हाल जिल्लामा सक्रिय स;ङ्क्रमित ७८ जना रहेका र त्यसमध्ये ३७ महिला र ४१ पुरुष रहेका छन् । तीमध्ये कोभिड–१९ विशेष अस्पतालमा २० को उपचार भइरहेको, आइसोलेशन सेन्टरमा २५ को उपचार भइरहेको र होम आइसोलेशनमा ३३ जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।