आज: | Sat, 18, Sep, 2021
FLASH NEWS

संक्रमितको सँख्या बढदै, सङ्ख्या सोमबारभन्दा ४७८ ले बढी ।


नेपाल आवाज १२ श्रावण २०७८, मंगलवार १८:४८ मा प्रकाशित ५०५ पाठक संख्या

तीन हजार ८९९ मा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार आज १७ हजार ५१८ मा परीक्षण गर्दा तीन हजार ८९९ मा सङ्क्रमण पुष्टि भएको हो । यो सङ्ख्या सोमबारभन्दा ४७८ ले बढी हो ।सङ्क्रमितसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार ८१७ पुगेको छ । सङ्क्रमण दर १९.२ प्रतिशत छ ।

उपत्यकामा ७७४ सङ्क्रमित थपिएयसैगरी काठमाडौँ उपत्यकामा आज मात्र ७७४ जना सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित् पुष्टि भएका छन् ।एक हजार ७७८ निकोसङ्क्रमणबाट स्वास्थ्यलाभ गरेर आज एक हजार ७७८ फर्किएका छन् । योसँगै स्वास्थ्यलाभ लिनेको सङ्ख्या छ लाख ४७ हजार ७९ पुगेको छ । निको हुने ९४.४ प्रतिशत रहेको छ ।

यसैगरी सङ्क्रमणबाट आज २२ जनाको निधन भएको छ । योसँगै निधन हुनेको सङ्ख्या नौ हजार ७५८ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला ११ पुगेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् ।यसैगरी सङ्क्रमितमध्ये ६११ जना सघन उपचार कक्ष (आइसियु) र १७१ जना भेन्टिलेटरमा छन् । होम आइसोलेशनमा २५ हजार ९३८ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८९८ जना छन् ।