आज: | Sat, 18, Sep, 2021
FLASH NEWS

आज सुनचाँदीको मुल्य बढयो ??


नेपाल आवाज १४ श्रावण २०७८, बिहीबार १२:१० मा प्रकाशित २२९ पाठक संख्या

आज नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार नेपाली बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको छ ।
गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत गत बुधबारको मूल्यमा थप ३०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।