आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

विद्युत प्राधिकरणले माग्यो झन्डै साढे ३ सय कर्मचारी


नेपाल आवाज १८ भाद्र २०७८, शुक्रबार १२:०९ मा प्रकाशित ६३७ पाठक संख्या

नेपाल विद्युत प्राधिकरणले झन्डै साढे तीन सय जना नयाँ कर्मचारीका लागि विज्ञापन खोलेको छ।शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । अधिकृत र सहायकस्तरमा सह(निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।नेपाल विद्युत प्राधिकरणको देहायबमोजिमका पदहरु लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपसीलमा उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट रितपुर्वकको दरखास्त आव्हान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको देहायबमोजिमका पदहरु लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपसीलमा उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट रितपुर्वकको दरखास्त आव्हान गरिएको छ ।

तोकिएको न्युनतम योग्यता पुगेका उमेद्वारहरुले ने.वि.प्रा. को वेभसाइट www.nea.org.np मा गई online application मार्फत्आवेदन दिनुपर्नेछ ।

nepal bidut pradhukaran