आज: | Thu, 21, Oct, 2021
FLASH NEWS

खुले पोखराका धार्मिक पर्यटकीयस्थल


नेपाल आवाज १ आश्विन २०७८, शुक्रबार १३:२० मा प्रकाशित ३६१ पाठक संख्या

गण्डकी । देशका जुनसुकै स्थानबाट पोखरा घुम्न आउने भन्नासाथ अधिकांशको मानसपटलमा यहाँका विन्ध्यवासिनी, तालबाराहीजस्ता मठमन्दिर प्राथमिकतामा पर्ने गर्दछन् ।

माछापुच्छ्रे हिमाल डुबुल्की मार्ने फेवातालको बीचभागमा रहेको तालबाराहीका साथै माछापुच्छ्रे हिमालसहितका हिमशृङ्खला एकसाथ अवलोकन गर्न पाइने विन्ध्यवासिनी मन्दिर धार्मिक एवं पर्यटकीय दुवैरुपले पर्यटकको आ’कर्षण बनेका छन् ।

विश्वव्यापी फैलिएको को’रोना क’हरका कारण दुई वर्षयता यहाँका धार्मिक पर्यटकीयस्थल पनि प्रत्यक्ष प्र’भावित बनेका छन् । अघिल्लो वर्ष को’रोना म’हा’मारीकै कारण माघ फागुनतिर मात्रै खुलेका यहाँका धार्मिक पर्यटकीयस्थल यस वर्ष पुनः गत वैशाख ९ गतेदेखि बन्द भएका थिए । सरकारको यही असोज १ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै धार्मिक पर्यटकीयस्थल खुलाउने निणर्यसँगै आजदेखि पोखराका धार्मिक पर्यटकीयस्थल खुलेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिर खुला गरिए पनि स्वास्थ्य मापदण्डप्रति सचेत बनिएको जानकारी दिँदै उहाँले परिसरमा प्रवेश गरिसकेपछि भक्तजनका लागि हात धुन चार वटा धाराको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार मन्दिरको मूल प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गरिएको छ । मन्दिरमा भौतिक दूरी व्यवस्थापनका लागि पनि सचेत बनिएको बताउँदै उहाँले भक्तजनको उचित व्यवस्थापनका लागि सु’रक्षाकर्मीको सङ्ख्या बढाउन सम्बन्धित नि’कायमा आग्रह गरिएको बताउनुभयो ।

उहाँका अनुसार भक्तजनलाई टीकाप्रसाद दिने व्यक्तिका लागि पनि अनिवार्य मास्कको प्रयोगका साथै हातमा पञ्जा प्रयोग गर्न लगाइएको छ । विगतमा पोखराका मन्दिरमा आउने भक्तजनले चढाउने भेटीघाटी तथा दान सहयोगबाट मन्दिरको दैनिक प्रशासनिक खर्च सञ्चालनमा सहयोग पुगेकामा को’रोना म’हा’मारीका कारण दर्शनार्थी नै नभएपछि सोक्रम प्र’भावित भएको छ । मन्दिर परिसरमा रहेका चराचुरुङ्गीलाई भक्तजनको अभावमा आहारा नपुग्ने भएसँगै यस अवधिमा मन्दिर व्यवस्थापन समितिबाट नियमित आहारा व्यवस्था गरिएको थियो ।

पोखराको इतिहासको साक्षी जस्तै बनेको विन्ध्यवासिनी मन्दिर कसले र कहिले निर्माण गर्यो भन्ने यकीन तथ्य प्राप्त नभए पनि पूजा सञ्चालन गरिरहेका ब्राह्मणले प्राप्त गरेको सनद तथा लालमोहरबाट कम्तीमा पनि ३०० वर्षअघि मन्दिर वर्तमान स्वरुपमा निर्माण भइसकेको अनुमान गरिन्छ । कास्की जिल्लाको मध्यभागमा अवस्थित २७ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर वरपरको समथरिलो भू’भागबाट केही उच्च थुम्कोमा अवस्थित छ । थुम्कोमा रहेका कारण दर्शनार्थीलाई केही सिँढी चढेर उक्लनुपर्ने अवस्थामा समितिले दुई वर्ष यता अशक्त दर्शनार्थीलाई लक्षित गरी लिफ्टसमेत निर्माण गरेको छ । मन्दिरमा को’रोना म’हा’मारीअघि दैनिक तीन चार सयदेखि तीन चार हजार जनासम्म दर्शनार्थी आउने गरेकामा को’रोनाका कारण यसबीचको अवधिमा भक्तजनको आगमन ठप्प बनेको थियो ।

विशेषतः आश्विन शुक्ल पक्ष, चैत्र शुक्ल पक्ष, नयाँ वर्ष र महत्वपूणर् तिथि एवं पर्वका बेला यहाँ दर्शनार्थीको भीड लाग्ने गरेको सचिव श्रेष्ठले जानकारी दिनुभयो । धार्मिक महत्वका साथै पोखराको दृश्यावलोकन एवं मन्दिर परिसरबाट विभिन्न ११ वटा हिमशिखर नाङ्गो आँखाले प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । गुम्बज शैलीमा सेतो रङको अष्टभुजाकार रहेको विन्ध्यवासिनी मन्दिरको गजुरबाट तामाको श्रीबन्दी लत्रिएको छ । समितिले मन्दिरको वरपर प्रदक्षिणा पथ निर्माण गरेको छ । मन्दिरको चारैतर्फ विसं १८९६ यताका विभिन्न तिथिमितिमा राखिएका घण्ट छन् । पित्तलको द्वार अघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिका साथै वरपरका गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचिरञ्जीवीका मन्दिर, अष्टभुजाकार कुण्ड आदिले यहाँको गरिमा र महत्व बढाएका छन् ।

फेवातालका बीचमा रहेको तालबारही मन्दिर पनि आजदेखि खुला गरिएको तालबारही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिनुभयो । सरकारको निर्देशनअनुसार वैशाख ९ गते यता मन्दिर बन्द गरिएको बताउँदै उहाँले यसबीचमा भक्तजनको आगमन नभएका अवस्थामा चरा र माछालाई समितिले नियमित आहाराको व्यवस्थापन गरेको जानकारी दिनुभयो ।

मन्दिर सञ्चालनमा नआउँदा यहाँका डुङ्गा व्यवसायी पनि प्रत्यक्ष मा’रमा परेका छन् । तालका बीचमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको कलात्मक यस मन्दिरलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइएको छ । तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकीन तथ्य भने अझै अनुसन्धानकै पर्खाइमा छ ।

यो मन्दिरको अस्तित्व विसं १६६७ देखि कायम रहिआएको छ । कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि अभिलेख पाइएको छ । कास्कीका राजाकूल मण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलोपटक मन्दिर स्थापना गरेका थिए । प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालका बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास निकै रोचक छ । बाराही देवीको शक्तिले तालका बीचमा टा’पु बनेको विश्वास छ । तालबाराही देवी सन्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरू कसैले बास दिएनछन् । एउटी बुढी आमाले बास दिएर रातमा आफूसँग भएको ढुटाको रोटी खान दिनुभएछ । श्रुतिअनुसार भोलिपल्ट बिहान बुढीआमालाई देवीले अब यहाँ जलमग्न हुन्छ त्यहाँ गएर बस्नु भनेकामा ठूलो बाढी भएर जलमग्न भयो र बीच भागमा ढिस्को मात्रै रह्यो ।

विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । वर्षात्का समय पनि सकिएको र नेपालीमा महत्वपूणर् चाडबाड नजिकिँदै गरेका कारण आगामी दिनमा दर्शनार्थीको चाप बढने विश्वास लिइएको छ । को’रोनाको क’हरलाई दृष्टिगत गर्दै स्वास्थ्य मापदण्डलगायत विषयलाई भने समितिले प्राथमिकतामा राखेको छ । को’रोनाका कारण बन्द रहेको पोखराको अर्को धार्मिक पर्यटकीय तीर्थस्थल भद्रकाली मन्दिर आजदेखि दर्शनार्थीका लागि खुला गरिएको श्रीगणेश तथा भद्रकाली मन्दिर सेवा समितिका कार्यालय सचिव सूर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

भद्रकाली मन्दिर आजभन्दा झण्डै २०० वर्ष पुरानो हो । मनोकाङ्क्षा पूरा गर्ने देवीका रूपमा प्राचीनकालदेखि पोखरा र यस आसपासका क्षेत्रमा अत्यन्त आस्था र विश्वास बोकेको मन्दिर स्थापनाको इतिहास खोतल्दा विसं १९०१ मा रामचन्द्र खत्रीले गणेश मन्दिरको स्थापना गरेको र विसं १९०३ मा गुठीको लालमोहर प्राप्त गरी मन्दिरको नित्य पूजाआजा गर्ने गरिएको पाइन्छ ।

मन्दिर परिसरमा राखिएको अभिलेखमा स्व बुद्धिमान ढेवाजु तथा कालिदास ढेवाजुले भद्रकाली माताको प्रतिमा काठमाडौँबाट ल्याई मन्दिरको निर्माण गरी नित्य पूजाआजा सञ्चालन गराएको उल्लेख छ । वरपर जङ्गलले घेरिएको ढिस्को र माथि मन्दिर रहेका कारण दर्शन र वरपरको दृश्यावलोकन गर्न पनि पर्यटक भद्रकाली मन्दिर आउने गर्दछन् । वरपर जङ्गलले घेरिएको ढिस्को भएका कारण मन्दिरमा पुग्न फेदीबाट दुई बाटो रहेकामा पूर्वी भागबाट २९२ सिँढी उक्लनुपर्छ भने दक्षिण भागबाट २६५ सिँढी उक्लनुपर्छ । प्रत्येक वर्षको आश्विन शुक्लपक्ष र चैत शुक्लपक्षका साथै बाला चतुर्दशीमा मन्दिर परिसरमा विशेष मेला लाग्ने गरेको छ । पोखरा र आसपासका धार्मिक पर्यटकीयस्थलले यहाँको पर्यटनमा विशिष्ट योगदान पुर्याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले बताउनुभयो ।

“दशैँ तिहार जस्ता चाड नजिकिँदै गएका अवस्थामा यहाँका धार्मिक पर्यटकीयस्थल सञ्चालनमा आउँदा आन्तरिक पर्यटनमा महत्वपूणर् टेवा पुग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “पर्यटकीयस्थल खुले पनि हामी स्वास्थ्य मापदण्डलाई पालना गर्दै अघि बढ्नुको विकल्प छैन, को’रोनासँग भागेर नभै अब जुधेर पर्यटकीय ग’तिविधिलाई अघि बढाउनु अ’परिहार्य छ ।”