आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

भारतमा ३४ हजार ४०३ जना थप व्यक्तिमा को’रोना स’ङ्क्र’मण


नेपाल आवाज १ आश्विन २०७८, शुक्रबार १६:०७ मा प्रकाशित १९९ पाठक संख्या

एजेन्सी । गत २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा को’रोना स’ङ्क्र’मण भएको जनाइएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति को’रोना स’ङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

पछिल्लो एकदिनमा को’रोना स’ङ्क्र’मणका कारण भारतमा ३२० व्यक्तिको मृ’त्यु भएको जनाइएको छ । को’रोना शुरु भएदेखि हालसम्म यहाँ को’रोना स’ङ्क्र’मणबाट चार लाख ४४ हजार २४८ जनाको मृ’त्यु भएको शुक्रबार जनाइएको छ । हालका दिनहरुमा को’रोना स’ङ्क्र’मण र मृ’त्यु भएका प्रायः व्यक्ति भारतको दक्षिणी राज्य केरलामा रहेका छन् ।

हाल भारतमा तीन लाख ३९ हजार ५६ जना सक्रिय स’ङ्क्रमित रहेका छन् । गत २४ घण्टामा ३७ हजार ९५० जना को’रोना मुक्त भएका छन् । को’रोना स’ङ्क्र’मण शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २५ लाख ९८ हजार ४२४ जना को’रोना मुक्त भएका छन् ।