आज: | Thu, 21, Oct, 2021
FLASH NEWS

भारतमा को’रोनाभा’इरसबाट थप ३५ हजारभन्दा बढी नयाँ स’ङ्क्रमित


नेपाल आवाज २ आश्विन २०७८, शनिबार १६:२० मा प्रकाशित २३५ पाठक संख्या

एजेन्सी । भारतमा को’रोनाभा’इरसबाट थप ३५ हजारभन्दा बढी नयाँ स’ङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना स’ङ्क्रमित भएका हुन् ।

सोही अवधिमा २१८ जनाको भा’इरस स’ङ्क्र’मण कारण मृ’त्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि स’ङ्क्रमितहरूको सङ्ख्या तीन लाख ४० हजार ६३९ रहेको छ । यो सङ्ख्या घट्दै गएको देखिएको छ ।

एकै समयमा नयाँ स’ङ्क्रमितभन्दा स’ङ्क्र’मणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले स’ङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो । त्यसैगरी अहिलेसम्म स’ङ्क्र’मणमुक्त भएकाहरूको सङ्ख्या तीन करोड २६ लाख ३२ हजार २२२ पुगेको छ ।

गत शुक्रबारसम्ममा भारतका ५५ करोड सात लाख ८० हजार २७३जनाको स्वाब परीक्षण गरिएको भारतीय चिकित्सा अ’नुसन्धान परिषद्ले जनाएको छ । ती मध्ये १४ लाख ४८ हजार ८३३ जनाको शुक्रबार परीक्षण गरिएको हो ।