आज: | Fri, 22, Oct, 2021
FLASH NEWS

नेपालमा आज थपिए १,०६६ सं’क्रमित


नेपाल आवाज २ आश्विन २०७८, शनिबार १७:५३ मा प्रकाशित २४१ पाठक संख्या

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ६६ जना को’रोना सं’क्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३८५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जना को’रोना सं’क्रमित थपिएको हो ।

८ हजार ५४० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ३५ जना र २ हजार ८१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३१ जनामा को’रोना सं’क्र’मण पुष्टि भएको हो । योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख ७२ हजार ८०० पुगेको छ ।

को’रोना सं’क्र’मणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २३४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को’रोना सं’क्र’मणमुक्त हुनेहरुको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १६ सं’क्रमितको मृ’त्यु भएको छ ।