आज: | Thu, 21, Oct, 2021
FLASH NEWS

शिक्षा,स्वास्थ्य तथा बिपन्नहरुको सेवामा अनवरत लागिरहने हिमानी शाहको प्रतिज्ञा


नेपाल आवाज २ आश्विन २०७८, शनिबार १९:२३ मा प्रकाशित ४८१ पाठक संख्या

काठमाडौं – पूर्व युवराज्ञी हिमानी शाहले समाज सेवामा आफ्नो यात्रा निरन्तर भइरहने बताउनु भएको छ ।

शनिबार तारकेश्वर नगरपालिकामा अवस्थित शान्ति बाटिका धाममा वृक्षा रोपण कार्यक्रममा नेपाल आवाज सँग कुरागर्दै पूर्व युवराज्ञी शाहले आफुले शिक्षा,स्वास्थ्य तथा बिपन्नहरुको सेवामा अनवरत लागिरहने बताउनु भएको हो ।


उहाँले आउदो सोमवार जनकपुरधमको शान्ति माध्यमिक विद्यालयका विद्यार्थीलाई पानीमा भएका किटाणुलाई नष्ट गर्ने बोटल लगायत सामग्री र अशक्तलाई अन्य सहयोग गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहाँले बिश्व महामारीका रुपमा फैलिएको कोविडले हरेक क्षेत्रमा असर पु¥याएको र बालबालिकाको भविष्यमाथी असर गरेको भन्दै सामाजिक दुरी कायम गर्दै पढाइ लगायतका कामहरु गर्न पनि अग्रह गर्नुभयो ।

पूर्व युवराज्ञी शाहले हिमानी कोष मार्फत बिशेष स्वास्थ्य, शिक्षा, पर्यावरण, विपतमा परेकाहरलाई सहयो गर्ने र संष्कृतिको प्रर्वधन गर्दै आएको छ ।