आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

काठमाडौँमा आज रातिदेखि मेला, महोत्सव तथा सभा–जुलुस गर्न नपाइने


नेपाल आवाज १४ आश्विन २०७८, बिहीबार २३:४६ मा प्रकाशित १९९ पाठक संख्या

काठमाडौँ – जिल्ला प्रसाशन कार्यालय काठमाडौँले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोभिड -१९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।