आज: | Sat, 16, Oct, 2021
FLASH NEWS

साहस उर्जाको आईपीओ बाँडफाँड


नेपाल आवाज १७ आश्विन २०७८, आईतवार ११:३९ मा प्रकाशित १३९ पाठक संख्या

काठमाडौं । साहस उर्जा कम्पनीको प्राथमिक शेयर आईपीओ बाँडफाँड भएको छ । साहस उर्जाको आइपीओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए। त्यसमध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको छ ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको थियो । एनआइबिएल एसका अनुसार ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। आवेदन सदर भएकाहरुबाट ६ लाख ४४ हजारलाई गोलाप्रथाबाट शेयर प्रदान गरेको एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको कम्पनीले ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएरको थियो । बाँकी ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको छ।

आईपीओ कम्पनीले असोज ६ गतेबाट १० गतेसम्म खुला गरेको थियो ।